बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उखु किसान र सरकारबीच चार बुँदे सहमति

उखु किसान र सरकारबीच चार बुँदे सहमति

  • 2.1K
    SHARES

  • उखु किसान र सरकारबीच चार बुँदे सहमति

    काठमाडौं । उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ ।

    उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संर्घष समितिबीच सोमबार उद्योग मन्त्रालयमा चार बुँदे सहमति भएको हो । २१ दिनभित्र सम्पूर्ण बाँकी बक्यौता किसानलाई दिइसक्नु पर्ने मन्त्रालय र सघर्ष समितिबीच सहमति भएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले बताए । उनले तोकिएको समयभित्र किसानलाई बक्यौता नदिने चिनी उद्योगलाई कानुनी कारबाही गरिने सहमति भएको जानकारी दिए ।

    सहमति भएको बुँदामा उखु किसान र चीनी उद्योगसंग सम्बन्धीत समस्याका बारेमा अध्ययन गरी १ सय २० दिनभित्र सुझाव पेस गर्न संयुक्त प्राविधिक समिति गठन गर्ने सहमति सरकार र संघर्ष समितिबीच भएको हो ।

    समितिले उखु किसानले भोगिरहेका विभिन्न समस्याहरुबारे अध्ययन गरी सुझाव पेस गर्ने जनाइएको छ । विगत लामो समय देखि आन्दोलन गर्दै आएका उखु किसानहरुले २१ दिनभित्र  बक्यौता रकम नपाए पुनःआन्दोलन गर्ने संघर्ष समितिका संरक्षक मिश्रले बताए ।

    सोमवार, पौष १३ २०७७०८:१५:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार