बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कांग्रेस चुनावबाट भाग्न चाहँदैनः गगन थापा

कांग्रेस चुनावबाट भाग्न चाहँदैनः गगन थापा

  • 1.8K
    SHARES

  • कांग्रेस चुनावबाट भाग्न चाहँदैनः गगन थापा

    नेपालगञ्ज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । 

    प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर गरिने कुनै पनि निर्णयलाई मान्न सकिँदैन ।” 

    प्रदेशसभा सदस्य मोहम्मद याकुब अंसारी, बाँके कांग्रेसका अध्यक्ष किरण कोइराला, नगर समिति अध्यक्ष प्रशान्त विष्ट र रमेश गुप्ताले मुलुकको वर्तमान राजनीतिको विविध पक्षमाथि प्रकाश पारे । 

    यसैगरी आजै बाँकेको क्षेत्र नं १ को कोहलपुरमा र ३ को खजुरामा पनि कांग्रेसले विरोधमा प्रदर्शन गरेको छ ।

    सोमवार, पौष १३ २०७७०८:०७:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार