बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा दाहाल–नेपालपक्षको बैठक, अनुपस्थित पाँच नेता कारवाहीको सिफारिसमा

सिन्धुपाल्चोकमा दाहाल–नेपालपक्षको बैठक, अनुपस्थित पाँच नेता कारवाहीको सिफारिसमा

  • 3.2K
    SHARES

  • सिन्धुपाल्चोकमा दाहाल–नेपालपक्षको बैठक, अनुपस्थित पाँच नेता कारवाहीको सिफारिसमा

    चौतारा । सिन्धुपाल्चोकमा केन्द्रीय सर्कुलर अनुसार नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्यानलको बैठक भएको छ । सिंगो नेकपाको बैठक भनिएपनि त्यो भेलामा ओली पक्षका कुनै नेता सहभागी भएनन् ।

    बैठकले दाहाल–नेपाल छाडेर जाने नेताहरुलाई कारवाहीको सिफारिस गरेका छन् । जिल्ला स्तरीय बैठकले ओलीपक्षमा जाने पाँच नेतालाई कारवाहीका लागि केन्द्रीय कमिटिमा सिफारिस गरेका हुन् ।

    नेकपा दाहाल–नेपाल पक्षका एक नेताका अनुसार प्रदेश पार्सद हारेर संघीय मन्त्री भएका दावा तामाङ सहित पाँच नेता कारवाहीको सिफारिसमा छन् । दावा ओली खेमाबाट युवा तथा खेलकुद मन्त्री बनेका छन् । स्रोतका अनुसार दावासहित डोल्मा तामाङ, होमनारायण श्रेष्ठ, सरेश नेपाल र हस्त पण्डितलाई कारवाहीका लागि सिफारिस गरिएको हो ।


    हिजो भएको बैठकमा जिल्लाबाट प्रतिनिधि गर्ने केन्द्रीय सदस्यहरु, नेकपा बाग्मती प्रदेशका सदस्यहरु, नेकपा जिल्ला कार्यालयका सदस्यहरु र नेकपाक्षेत्रीय कमिटीका अध्यक्षहरुलाई निमन्त्रणा गरिएको थियोे । यी कमिटि भित्र पर्ने ओली प्यानल नजिकका नेताहरुको भने उपस्थित थिएनन् ।

    असंवैधानिक कदमको दृढतापुर्वक प्रतिरोध गर्दै उपलव्दिहको रक्षाको निमित्त पार्टी केन्दीय कमिटी वाट घोषणा भएका सम्पुर्ण कार्यक्रमहरुमा सक्रियतापुर्वक सहागिता जनाउनको लागि मातहतका सम्पुर्ण पार्टी कमिटी , सदस्य र आम जन समुदायलाई अपिल गरेको जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले बताए ।

    सोमवार, पौष १३ २०७७१२:५२:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार