बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोनाको कारणले स्थगित नेफ्टा अवार्ड फागुन अन्तिम साता हुने 

कोरोनाको कारणले स्थगित नेफ्टा अवार्ड फागुन अन्तिम साता हुने 

  • 2.6K
    SHARES

  • कोरोनाको कारणले स्थगित नेफ्टा अवार्ड फागुन अन्तिम साता हुने 

    काठमाडौं । कोभिड–१९ संक्रमण जोखिमका कारण प्रभावित नेफ्टा अवार्ड यसै वर्ष हुने भएको छ । गत वर्ष अवार्डको १० औं संस्करण कोरोना भाइरसकै कारण स्थगित भएको थियो । नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आउँदो फागुन अन्तिम साता अवार्ड समारोह हुने भएको छ ।

    विभिन्न विधामा दिइने अवार्डको उत्कृष्ट पाँच मनोनयन आउँदो माघ १० गते सार्वजनिक गरिने संयोजक सुष्मा पौडेलले बताएकी छिन् । जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै सिनेमा घरहरुपनि खुल्ने क्रममा रहेकाले कार्यक्रम तय गरिएको उनको भनाइ छ ।

    कोभिड–१९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ । गत वर्षको चैत २२ गते टुंडिखेलमा हुनेगरी तय भएको थियो । तर तोकिएको समय अगावै कोरोना भाइरसको जोखिम बढ्यो र कार्यक्रम स्थगति भएको थियो ।

    आइतवार, पौष १२ २०७७०३:३१:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार