बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रतिनिधि सभा विघटनको विरोधमा जसपाको काठमाडौंमा प्रदर्शन

प्रतिनिधि सभा विघटनको विरोधमा जसपाको काठमाडौंमा प्रदर्शन

  • 1.5K
    SHARES

  • प्रतिनिधि सभा विघटनको विरोधमा जसपाको काठमाडौंमा प्रदर्शन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध आइतवार काठमाडौंमा प्रदर्शन गरेको छ । 

    जसपाले कालो ब्यानरसहित रत्नपार्कबाट विरोध जुलुस निकालेको छ । विरोध र्‍यालीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र महतोलगायत सहभागी छन् । 
    रत्नपार्कबाट शुरू भएको र्‍याली रत्नपार्कमा गएर कोणसभामा बदलिने सो पार्टीले जनाएको छ ।

    रत्नपार्कमा आयोजित विरोध सभालाई भट्टराई, यादव र महन्थ ठाकुरले सम्बोधन गर्ने नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै जसपाले संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेको छ ।

    आइतवार, पौष १२ २०७७०२:२१:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार