काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले काठमाडौं उपत्यकामा पुस १४ गते आमसभा गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले आमसभा गर्न लागेको हुन् ।
उपत्यकामा हुने आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा‘ ‘दीपशिखा’ले बताए । आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने सापकोटाले बताए ।
उपत्यकासहित छिमेकी जिल्लाबाट जनतालाई बोलाएर आमसभा गर्ने तयारी गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए । संसद पुनस्र्थापनाका लागि दबाब दिन ५० हजारभन्दा धेरै नेता कार्यकर्ता उतारिने उनले दाबी गरे । उपत्यका विभिन्न स्थानबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।