बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

म्यानचेस्टर सिटीको जित, एभर्टन दोस्रो स्थानमा

म्यानचेस्टर सिटीको जित, एभर्टन दोस्रो स्थानमा

  • 1.8K
    SHARES

  • म्यानचेस्टर सिटीको जित, एभर्टन दोस्रो स्थानमा

    एजेन्सी
    काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि सहज जित निकालेको छ । इतिहाद स्टेडियममा भएको खेलमा सिटीले न्यु क्यासलमाथि २–० गोलअन्तरले जित निकालेको हो ।

    खेलको १४ ‍औं मिनेटमा रहिम स्ट्रलिङको पासमा इल्के गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो । दोस्रो हाफमा फेरान टोरेसले सिटीका लागि गोल थपे । उनले खेलको ५५ औं मिनेटमा गोल गर्दा घरेलु टोलीले २–० ले खेल आफ्नो पक्षमा पार्‍यो ।

    त्यस्तै गएराति नै भएको अर्को खेलमा एभर्टनले शेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्यो । ब्रामल लेनमा भएको खेलमा एभर्टनका लागि गिल्फी सिगुरोसनको निर्णायक गोलमा घरेलु टोलीमाथि जित निकालेको हो ।

    जितसँगै १५ खेलबाट २९ अंक जोडेको एभर्टन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै १४ खेलबाट २६ अंक जोडेको सिटी तालिकाको पाँचौं स्थानमा छ ।

    भख.jpg

    आइतवार, पौष १२ २०७७०६:०२:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार