प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले अद्यावधिक नक्सामा समेटिएका लिम्पियाधुरा, लिपुलेक र कालापानी पूर्ण नियन्त्रणमा ल्याउने संकल्पसहित साझा संकल्प प्रस्ताव सर्वसम्मत पारित गर्नुपर्ने बताएका छन्।
यथास्थितिमा नेपाली भू-भागमा रहेका भारतको उपस्थिति तथा नियन्त्रणबाट नेपाली भू-भाग प्रभावकारी नियन्त्रणसहित फिर्ता लिई छाड्छौं भन्ने संकल्प संसदबाट सर्वसम्मत रूपमा गरिनुपर्ने थापाले बताए।
‘परिवर्तित नक्सामा उल्लेख गरिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको हाम्रो भू-भाग नेपालको पूर्ण नियन्त्रणमा ल्याउने संकल्प सहितको साझा संकल्प प्रस्तावु मस्यौदा गरौं र सर्वसम्मत रुपमा संसदबाट संकल्प पारित गरौं,’ थापाले भनेका छन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।