काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने भन्दै आफूहरुमा न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद बिघटन गरेको भन्दै न्यायालयले उचित फैसला गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै संविधानको कुनै पनि धारामा संसद बिघटनको कुरा उल्लेख नभएको तर्क गरे । रावलले आफू वरिपरिका बस्नेहरुले काम गर्न दिईएन भन्नुपनि गलत भएको टिप्पणी गर्दै निजगढ, पोखरा, भैरहवा विमानस्थल लगाएतका आयोजना निर्माणमा कुनै अवरोध नभएको बताए ।
रावलले पार्टीको पुष १ गते बस्ने स्थायी कमिटीको बैठकबारे सुनाउँदै उक्त बैठक बस्नुअघि नै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको बताए । भदौ २६ गतेनेकपाको स्थायी कमिटीले निर्णय गरिसकेपछि उक्त सहमतिमा अध्यक्षद्धय ओली र दाहालको हस्ताक्षर रहेको पत्र देखाउँदै सहमतिबाट ओली पछि हटेको पनि रावलको भनाई छ ।
नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरु नरहेको जिकिर गरे । उनले संसद विघटनको विरोधमा अदालतमा मुद्दा परेको सुनाउँदै यसमा अदालतले संविधानको सम्मान गर्नेमा आफूहरु विश्वस्त रहेको पनि जिकिर गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।