काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई हटाएका छन् । उनलाई शनिबार पदमुक्त गरिएको हो । नेकपामा केन्द्र तहदेखि देखिएको विवादको असर प्रदेशमा देखिन थालेको छ ।
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने संकेतमा आङ्बोलाई हटाइएको बुझिएको छ । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा हुन् । अविशवास प्रस्तावका लागि हस्ताक्षर अभियान चलेको र सो को प्रतिनिधित्व आङ्बोलो गरेको भन्दै उनलाई हटाइएको स्रोतले बताएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।