बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पार्टी कार्यालय र सूर्य चिन्हमा आँखा नलगाउनू : महेश बस्नेत

पार्टी कार्यालय र सूर्य चिन्हमा आँखा नलगाउनू : महेश बस्नेत

  • 3.0K
    SHARES

  • पार्टी कार्यालय र सूर्य चिन्हमा आँखा नलगाउनू : महेश बस्नेत

    काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रचण्ड–नेपाल पक्षलाई पेरिसडाँडामा जान आग्रह गरेका छन् । शनिवार ओली पक्षीय युव संघले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

    साथै, उनले नेकपाको मुख्यालय धुम्बाराही र पूर्व एमालेको तत्कालिन कार्यालय बल्खुमा आँखा नलगाउन समेत भनेका छन् । शुक्रबार प्रचण्ड–नेपाल पक्षले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालय र सूर्य चिन्ह आफ्नो हुने दाबी गरेको थियो । 

    सो समूहको उक्त टिप्पणीलाई प्रत्युतर दिँदै नेता बस्नेतले देशभरका पार्टी कार्यालय सबै ओली समूहकै रहने जिकिर गरे । चुनाव चिन्ह सूर्य र पार्टी कार्यालयमा प्रचण्ड–नेपाल पक्षले दाबी नै गर्न नमिल्ने उनको टिप्पणी थियो ।  

    अर्को समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो लोकप्रियताको मापन चुनावमा गोलाकार भित्रको हसिँया हतौडा लिएर गर्नुपर्ने उनको भनाइ छ । यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्नु भनेको विगतमा जारी माग्नु सरह रहेको उनले टिप्पणी गरे ।

    उनले भने,  ‘विगतमा जारी माग्ने प्रचलन थियो । अहिले त्यो प्रचलन हराएको छ । मावध कममरेडले सूर्य चिन्ह र पार्टी कार्यालय दाबी गर्ने हो भने पार्टीमा फर्केर कुरा गर्नुपर्छ । नत्र विगतमा जारी दिए जस्तै हो । अहिले त्यो चलन गयो । प्रचण्डले आफ्नो लोकप्रियता गोलाकार भित्रको हँसिया हतौडा चुनाव  चिन्ह लिएर गर्ने हो ।’ 

    शनिवार, पौष ११ २०७७०१:०१:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार