काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थपेका छन् । ६ जना पुराना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने १ मन्त्री र १ राज्यमन्त्री हटाएका छन् ।
प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा सडक आन्दोलन भइरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । थपिएका ९ जनामा ५ जना पूर्वमाओवादी पृष्ठभूमिबाट ओली समूहमा लागेका नेताहरू छन् । अन्य ४ जना पूर्वएमाले हुन् ।
मन्त्रिपरिषद्मा जुलीकुमारी महतोको प्रवेश पनि रोचक छ । विभाजनको पहिलो दिन उनका श्रीमान् रघुवीर महासेठ दाहाल–नेपाल समूहको बैठकमा गएका थिए ।
तर पछि उनीहरू दुवै ओलीकै समूहमा बसे । महासेठ यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । उनले काम राम्रो गर्न नसकेको भन्दै आलोचना भएपछि ओलीले हटाएका थिए । अहिले उनकै श्रीमती महतोलाई ओलीले महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएका हुन् ।
कान्तिपुर दैनिकमा खबर छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।