बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ओली सरकारका मन्त्री : काठको ठेक्कापट्टा गर्ने नै वनमन्त्री

ओली सरकारका मन्त्री : काठको ठेक्कापट्टा गर्ने नै वनमन्त्री

  • 2.6K
    SHARES

  • ओली सरकारका मन्त्री : काठको ठेक्कापट्टा गर्ने नै वनमन्त्री

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थपेका छन् । ६ जना पुराना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने १ मन्त्री र १ राज्यमन्त्री हटाएका छन् ।


    प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा सडक आन्दोलन भइरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । थपिएका ९ जनामा ५ जना पूर्वमाओवादी पृष्ठभूमिबाट ओली समूहमा लागेका नेताहरू छन् । अन्य ४ जना पूर्वएमाले हुन् ।

    भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पठाइएको छ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षामन्त्री बनाइएको छ भने महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालयमा सारिएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई भने जिम्मेवारी मुक्त गरिएको छ ।

    काठ ठेक्कापट्टा गर्ने नै वनमन्त्री

    पूर्वएमाले समूहबाटै मन्त्री बनेका चारै जना नयाँ हुन् । वनमन्त्री बनेका प्रेम आले सुरुमा माधव नेपालनिकट मानिन्थे । ओलीको पहिलो मन्त्रिपरिषद् गठनका बेला नेपाल समूहबाट उनको पनि नाम चर्चामा थियो । तर पछि नेपालले अरूकै नाम पठाएपछि असन्तुष्ट बनेका उनी विस्तारै ओलीनिकट भएका थिए । विभाजनका बेला उनले ओलीलाई साथ दिए । त्यसबापत उनले मन्त्री पद पाएका छन् ।वनमन्त्री आले आफैं काठको ठेक्कापट्टा र व्यवसायमा संलग्न व्यक्ति हुन् ।


    आजको कान्तिपुर दैनिकमा खबर छ ।

    शनिवार, पौष ११ २०७७०७:४३:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार