नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आगामी बैठक यही पुस १९ गते बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल गर्न पुस ७ गतेदेखि जारी आजको बैठकले पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय समितिको बैठक पुस १९ गते पुनःबस्ने निर्णय गरेको हो ।
आजको बैठक संसद् विघटनका विरुद्धमा पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा पार्टीले गर्ने प्रदर्शनमा केन्द्रीत रहेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, डा मिनेन्द्र रिजाल, शङ्कर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राखेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।