बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

  • 2.6K
    SHARES

  • पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी वैधानिकता विवाद चाँडो टुंग्याउन प्रमुख निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

    माइतीघर मण्डलाबाट र्‍यालीसहित निर्वाचन आयोग पुगेर प्रचण्डले संविधान र कानूनका आधारमा आधिकारिक नेकपा आफूहरु भएको दावी गरे ।

    पार्टी दर्ता गर्दाको विधान, केन्द्रीय कमिटी संख्या र ती सदस्यहरुको विवरण आयोगमा भएको र त्यसैका आधारमा नेकपा र निर्वाचन चिह्न सूर्य आफूहरुको भएको उनले बताए । ‘पार्टी एकीकरण गर्दा बनेको ४४१ जना र पछि थपिएका चार जनामध्ये अहिले हामीसँग ३१५ जना छौं । सशरीर बोलाउनुभयो भने पनि हामी उपस्थित हुन तयार छौं’, प्रचण्डले भने ।

    नेकपा विभाजन अगाडिका एक सय जनाले ११ सय बढी सदस्य संख्या पुर्‍याउँदैमा वैधानिकता नपाउने प्रचण्डले बताए । ‘हामीसँग पार्टी विभाजन भएको अनुभव छ । विश्वास छ, आयोगले परम्परा, विधान र ऐनअनुसार निर्णय लिनेछ’, प्रचण्डले भने । त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको उनले बताए ।

    ‘दुई तिहाइ बढीको बैठक बसेर गरिएको माइन्युट बुझाएका छौं । त्यसो हुँदा वैधानिकता विवाद छिटो टुंग्याइयोस्’, प्रचण्डले भने । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता विवाद निरुपण तोकिएको अवधिभन्दा अगाडि नै हुने बताएका छन् ।

    शुक्रवार, पौष १० २०७७०१:४८:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार