काठमाडौं । संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह सडकमा निस्किएको छ । नेकपाका शीर्ष नेताहरु माइतीघर मण्डलामा भेला भएका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सडकमा पुगेका छन् ।
प्रधानमन्त्रीको कदमको विरोधमा आफूहरु सडकमा आउनुपरेको नेतृ रामकुमारी झाँक्रीले बताइन् । उनले संसद् पुनस्र्थापना नभएसम्म सडकमै रहने बताइन् ।
विद्यादेवी भण्डारी र केपी शर्मा ओलीका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताइन् । उनले आफूहरु पार्टी विभाजन हुनुहुँदैन भनेर लाग्दालाग्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्षकै हर्कतका कारण संविधानको रक्षाका लागि सडकमा आउनुपरेको बताइन् ।
निवर्तनमान मन्त्री शक्ति बस्नेतले नेकपाका दुई तिहाइ सदस्य सडकमा रहेकाले अहिले पार्टीको वैधानिकताका विषयमा बहस गर्नै जरुरी नभएको बताए ।
उनले प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेकाले सडकमा आउनुपरेको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।