काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसल प्रतिनिधिसभा विघटनको कदमको विरोध गर्दै पुस १३ गते सोमबार प्रदर्शन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बिहीबार बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले तत्काल विरोधका कार्यक्रम ल्याउन नेतृत्वलाई दबाब दिने निर्णय गरेको थियो ।
बिहीबारको बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सरकारको कदमविरुद्ध सडक संघर्षमा जान ढिलाइ गरेकोमा नेतृत्वको आलोचना गरेका थिए। ‘सरकारको कदमविरुद्ध तत्काल पार्टीले विरोधका कार्यक्रम ल्याउनुपर्छ’, नेता सिंहले भने, ‘असंवैधानिक रूपमा संसद् विघटन भएकाले पार्टीले आन्दोलनमा जान ढिलाइ गर्नुहुन्न ।’
सिंहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा जाँदै गर्दा पार्टी महाधिवेशन पनि चाँडो हुनुपर्ने माग गरे । उनले जनताले पार्टीको नेतृत्व बदल्न पनि सुझाव दिएको धारणा राख्नेबित्तिकै सभापति शेरबहादुर देउवा आक्रोशित भएका थिए । नेता सिंह र सभापति देउवाबीच केही बेर सवालजवाफ चलेको थियो ।
उनले ०६२÷६३ सालको जनआन्दोलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश फरक रहेको उल्लेख गर्दै अहिले सडकबाट पुनःस्थापनाको सम्भावनालाई इन्कार गरे। उनले भने, ‘अब सर्वोच्च अदालतको फैसला कुरौं । अदालतले सरकारको कदमलाई बदर गरे स्वागत गरौं। नत्र निर्वाचनको सुनिश्चितता गरौं ।’
केसीले विशेष महाधिवेशन प्रस्ताव गर्दा देउवा झोक्किएका थिए । ‘फागुनमै महाधिवेशन हुन्छ, फागुनमै हुन्छ’, देउवाले भने ।
आजको अन्नपूर्ण दैनिकमा खबर छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।