काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) पक्षका केन्द्रीय सदस्यहरुले आजबाट दिनहुँ सडक आन्दोलन गर्ने भएके छ । त्यस्तै, आज १० बजे माइतिघर मण्डल हुँदै निर्वाचन आयोग र सर्वोच्च अदालत पनि जाने कार्यक्रम राखेको छ ।
बिहीबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको नेकपा ९प्रचण्ड–नेपाल समूह० स्थायी समिति बैठकले अहिले बिहान १० बजे सबै केन्द्रीय सदस्य निर्वाचन आयोग र मध्याह्न १२ बजे सबै सांसद सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।
‘सर्वोच्च अदालत र निर्वाचन आयोगमा सबै जना उपस्थित भएर बहुमत सदस्य हामी एक ठाउँमा छौं भनेर देखाउने निर्णय भएको छ,’ बिहीबारको स्थायी समिति बैठकपछि स्थायी समिति सदस्य भीम आचार्यले भने, ‘हाम्रोतर्फ रहेका सबै सांसद शुक्रबार १० बजे सर्वोच्च अदालत र केन्द्रीय सदस्य दिउँसो १२ बजे निर्वाचन आयोग जाने निर्णय भएको छ।’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।