बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ओली पक्षले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज

ओली पक्षले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज

  • 2.5K
    SHARES

  • ओली पक्षले तोक्यो सातै प्रदेशमा प्रदेश इन्चार्ज

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  

    जसमा प्रदेश १ को इन्चार्जमा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको प्रवक्ता ज्ञवालीले बैठकपछि जानकारी दिए । 

    त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार  फिर्ता गरेको छ । । 

    बिहिवार, पौष ९ २०७७०७:३७:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार