काठमाडौं । नेपाली सौन्दर्य प्रतियोगिताहरुमध्येकै सर्वाधिक धनराशि भएको मिस यूनिभर्स नेपालको उत्कृष्ट १८ छनौट भएका छन् ।
गत ७ पुषमा काठमाडौंको मेरियट होटलमा सम्पन्न एक समारोहबीच उक्त संख्याका उत्कृष्ट १८ छानिएका हुन् । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट अयोजकले लिएको छ ।
नीनाकान्त मन्डललाई सोसल एडेभोकेसी
समारोहमा उपस्थितकै भोटबाट सोसल एड्भोकेसीको रुपमा नीनाकान्त मन्डल चुनिएकी छन् । उपस्थितहरुले आफूलाई मन पर्ने प्रतियोगीको रुपमा मन्डललाई चुनेका हुन् । आयोजक प्रालिका अनुसार योसँगै मन्डल उत्कृष्ट १० परिसकेकी छन् ।
युनिभर्सलाई १० लाख
नेपालमा हुने सौन्दर्य प्रतियोगितामध्येकै उत्कष्ट धनराशि यस प्रतियोगितामा हुनेछन । विजयी प्रतियोगीतले नगद रु– १० लाख हात पार्नेछिन् भने यसले लैङ्गिक विविधताको समेत वकालत गर्ने बताइएको छ । सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गर्ने आयोजकको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।