बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालको अद्यावधिक नक्सा नेकपा अध्यक्ष प्रचण्डलाई हस्तान्तरण

नेपालको अद्यावधिक नक्सा नेकपा अध्यक्ष प्रचण्डलाई हस्तान्तरण

  • 3.2K
    SHARES

  • नेपालको अद्यावधिक नक्सा नेकपा अध्यक्ष प्रचण्डलाई हस्तान्तरण

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको अद्यावधिक नक्सा हस्तान्तरण गरेकी छन् । दाहाल निवास खुमलटार पुगेर मन्त्री अर्यालले आज अध्यक्ष दाहाललाई लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गरेकी हुन् ।

    मन्त्रालयका सचिव, नापी विभागका महानिर्देशक, उपमहानिर्देशकलगायतको उपस्थितिमा अध्यक्ष दाहालले नक्सा तयार पार्न खट्ने मन्त्रीसहित मन्त्रालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिएका थिए । मन्त्री अर्यालले आफूहरु नक्सा प्रकाशनको तयारी अवस्थामा नै रहेको र त्यसका लागि पार्टी र सरकारको निर्देशनको पखाईमा रहेको स्पष्ट पारिन् ।

    शनिवार, जेठ १० २०७७०९:२०:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार