बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पेलेको रेकर्ड तोडियो, मेस्सीको ६४४ गोल पूरा

पेलेको रेकर्ड तोडियो, मेस्सीको ६४४ गोल पूरा

  • 1.4K
    SHARES

  • पेलेको रेकर्ड तोडियो, मेस्सीको ६४४ गोल पूरा
    काठमाण्डौ । एकै क्लबका लागि सर्वाधिक गोल गरेर रेकर्ड कायम गरेका फुटबल खेलाडी पेलेको रेकर्ड तोडिएको छ । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल पूरा गरेसँगै एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलका खेलाडी पेलेको कीर्तिमान तोडिएको हो ।
     
    गएराति स्पेनिस ला लिगा अन्तर्गत रियल भालाडोलिडसँगको खेलमा १ गोल गरेसँगै मेस्सीले पेलेको कीर्तिमान तोडेका हुन् । बार्सिलोनाले भालाडोलिडलाई ३–० गोलले पराजित गरेको छ । बार्सिलोनाका लागि क्लेमेन्ट लेङलेट, मार्टिन ब्रेथवेइट र मेस्सीले १–१ गोल गरेका हुन् ।
     
    पेलेले ब्राजिलको सान्तोषबाट १९ सिजन खेल्दा ६४३ गोल गरेका थिए । मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट १६ सिजनमै यो उपलब्धी हासिल गरेका हुन् । यसबीचमा उनले बार्सिलोनालाई १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।
     
    जितपछि १४ खेलबाट २४ अंकसहित बार्सिलोना तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यस्तै गएराति भएको अर्को खेलमा एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहेको रियल सोसिडाडलाई २–० ले पराजित गरी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । एजेन्सी

    बिहिवार, पौष ९ २०७७०७:४५:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार