काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेका छन् ।
नेकपाको कुल ४४१ केन्द्रीय सदस्य मध्ये ३१५ जनाको हस्ताक्षरसहित नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गर्न पुगेको हो । आयोगमा हस्ताक्षरसहित नेता लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे र मुक्ति प्रधान सहितका नेताहरु निर्वाचन आयोग पुगेको छन् । आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पनि आफ्नै भएको भन्दै दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।