काठमाडाै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा,शेखर कोइराला संसद विघटनपछि देशमा उत्पन्न संवैधानिक संकटबारे छलफलमा जुटिरहेका छन् ।
उनले आफूनिकट केही केन्द्रीय सदस्य कानुनिविदसँग कोइराला परामर्श गरिरहेका छन् । मंगलबार बिहान कोइरालाले केन्द्रीय सदस्य गगन थापा, दीपक गिरी, रामकृष्ण यादव, बद्री पाण्डे र जीवन परियारलाई बोलाएका थिए ।
कानुन व्यवसायीको तर्फबाट डा, भीमार्जुन आचार्य, राधेश्याम अधिकारी, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, महादेव यादव, वसन्त भण्डारी, रामकृष्ण तिमल्सिना, सुनिल पोखरेल र एकराज पोखरेल रहेका थिए ।
कानुन व्यवसायीहरूबाट अहिले उत्पन्न संवैधानिक संकटबारे मिश्रित प्रतिक्रिया दिएको कोइराला निकट स्रोतले बताएको छ । केही कानुन व्यवसायीले प्रधानमन्त्री केपी ओलीले संवैधानिक ‘कू' गरेको बताएका छन् भने केहीले सडक संघर्ष हुँदै चुनावी माहोल बनाउँदै जानुपर्ने भनेका छन् ।
नेपाली कांग्रेसले भने फागुनमा महाधिवेशन गर्ने भनिरहेका बेला संसद विघटन भएको हो । संसद पुनर्स्थापना नभए के हुने र त्यसबाट उत्पन्न परिस्थितिबारे कोइराला परामर्शमा जुटेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले मेगाखबरलाई बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।