काठमाडाै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहित ९० जना सांसदले संसद जीवित रहेको आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छन् ।
अध्यक्ष 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसद रिट निवेदक छन् । नेकपाका प्रमुख सचेतक देव गुरूङसहित चार जना सांसदहरू रिट लिएर सर्वोच्च जान लागेको अधिवक्ता गोविन्द शर्मा बन्दीले जानकारी दिए।
उनीहरूले दायर गर्न लागेको यो रिट अधिवक्ता बन्दीले नै तयार गरेका हुन् । मन्त्रि षरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको भनिएको प्रतिनिधि सभा बिघटन असंवैधानिक भएकाले प्रतिनिधि सभा जीवितै रहेको कुरा सर्वोच्चले भनिदिनुपर्यो भन्ने माग रिटमा छ,' बन्दीले बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधि सभा विघटन संविधानबिपरित भएको पनि रिटमा उल्लेख भएको छ ।
सोमबार नेकपा अध्यक्ष प्रचण्डले दुई सय बढी सांसदसहित आफूहरू सर्वोच्च अदालत जाने बताएका थिए । बानेश्वरमा प्रचण्ड-माधवकुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै प्रचण्डले प्रतिनिधि सभा जीवितै रहेको जानकारी सर्वोच्च अदालतलाई दिन आफूहरू त्यसरी जान लागेको बताएका हुन् ।
सोमबार नेकपाका ९० जना सांसदहरू मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालत जाने तयारीमा थिए । अरू दलका सांसदहरूलाई पनि सहभागी गराएर मात्र सर्वोच्च जानु उपयुक्त हुने निष्कर्षपछि मंगलबार २ सय सांसद सर्वोच्च जाने भनिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।