बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एकता महाधिवेशन २०७८ मंसिर २ गते गर्ने ओली समूहको निर्णय

एकता महाधिवेशन २०७८ मंसिर २ गते गर्ने ओली समूहको निर्णय

  • 1.4K
    SHARES

  • एकता महाधिवेशन २०७८ मंसिर २ गते  गर्ने ओली समूहको निर्णय

    काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता महाधिवेशन २०७८ मंसिर २ गर्ने निर्णय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समूहको केन्द्रीय समिति बैठकले गरेको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकले सो निर्णय गरेको आजै ओली समूहबाट प्रवक्ता चयन भएका प्रदीप कुमार ज्ञवालीले बताए । 

     ५५६ जना केन्द्रीय कमिटी सदस्य थप गरेका छन् । आज उनीहरुलाई सपथ ग्रहण समेत गराइएकाे छ । निकट समूहका केन्द्रीय सदस्यहरुको भेलामा ओलीले ५५६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको घोषणा गरेका थिए ।

    घोषणापछि उनीहरुलाई ओलीले सपथ ग्रहण गराएका हुन् । यस्तै केन्द्रीय समिति हाल थपेर १ हजार ३ जनाको भएपनि पछि ११९९ सदस्यीय बनाइने छ । बैठकले विधान संशोधनको निर्णय पनि गरेको छ भने अर्को बैठक पुस ९ गतेका लागि डाकिएको छ । ओली निकट केन्द्रीय समिति बैठकले प्रवक्तामा परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीलाई चयन गरेको थियो । पार्टीको आधिकारिक धारणा र निर्णयहरु सार्वजनिक गर्न आफूलाई अध्यक्ष ओलीले प्रवक्ता चयन गरेको पनि ज्ञवालीले दावी गरेका छन् । 

    मंगलवार, पौष ७ २०७७०१:३३:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार