काठमाण्डाै, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
बालुवाटारमा केहीबेर अघिदेखि बैठक सुरु भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले आफूरुलाई अनुशासनको कारबाही गरे कसरी अगाडि बढ्ने लगायत समसामयिक विषयमा छलफल हुनेछ ।
ओली पक्षले आफूहरुमाथि कारबाही भए पार्टी एकता भंग गर्ने तयारी गरेको छ । बैठकमा सहभागी हुन काठमाण्डौ उपत्यकाबाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाण्डौ आएका छन् । बालुवाटारमा भइरहेको बैठकलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सम्भावित दुर्घटनालाई रोक्न र निषेधित क्षेत्रमा विरोध प्रदर्शनका कार्यक्रम गर्न नदिन सुरक्षा व्यवस्था कडा पारिएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाका नेताहरु औपचारिक रुपमै विभाजित भएका हुन् ।आजको दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थान बिन्दु हुने विश्लेषण गरिएको छ ।
आज दिउँसो १ बजे प्रचण्ड पक्षले पनि केन्द्रीय कमिटी बैठकमा बोलाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।