बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपालि कांग्रेस लगायत दलहरुले संस्थागत धारणा तय गर्दै, आजको बैठकले थप स्पष्ट गर्ने तयारी

नेपालि कांग्रेस लगायत दलहरुले संस्थागत धारणा तय गर्दै, आजको बैठकले थप स्पष्ट गर्ने तयारी

  • 2.3K
    SHARES

  • नेपालि कांग्रेस लगायत दलहरुले संस्थागत धारणा तय गर्दै, आजको बैठकले थप स्पष्ट गर्ने तयारी

    काठमाण्डौ,  राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभएलगत्तै नेपालको राजनीतिक वृत्तमा तरंग पैदा भएको हो ।

    संसद विघटनसँगै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले तिव्र विरोध भैरहेको छ । यो कदमलाई सत्तारुढ दल नेकपा र अरु दलका नेताहरुले असंवैधानिक भनिरहेका छन् ।

    संसद विघटनको विरोधमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत दलहरुले यसबारे संस्थागत धारणा तय गर्न बैठक आह्वान गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठकमा संसद विघटनको घोषणापछि कांग्रेसको उपस्थितिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

    कांग्रेसले यसअघि नै प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमबारे कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे हिजो सर्वदलीय बैठक बोलाएर छलफल गरेको थियो । सर्वदलीय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभापति शेरबहादुर देउवालाई मिलेर अगाडि बढ्न प्रस्ताव राखेका थिए। देउवाले आजको बैठकपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताए । 

     आज जनता समाजवादी पार्टीले पनि आज छलफल गर्दै छ । आजको केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको र बैठकले विरोधका थप कार्यक्रम तय गर्ने जसपाले जनाएको छ । संसद विघटनको कदमविरूद्ध प्रदर्शन गर्ने निर्णय गरेको जसपाले तप कार्यक्रम तय गर्न बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज  पनि बस्दै छ । बिहान ११ बजे बानेश्वरमा बस्ने बैठकमा पार्टीका अध्यक्ष कमल थापा, डाक्टर प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा हिजोको बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमाथि आज छलफल हुने राप्रपाले जनाएको छ । 

    संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम अलोकतान्त्रिक भएको निष्कर्षसहित राप्रपाले सर्वत्र आलोचनासहितको सरकारको निरन्तरताभन्दा ताजा जनादेशमा जाने कदम चाँही स्वागतयोग्य रहेको जनाएको स्पष्ट पारिसकेको छ ।

    आजको बैठकले थप निर्णय गर्ने राप्रपाका नेता मोहन श्रेष्ठले बताए ।

    मंगलवार, पौष ७ २०७७०९:५९:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार