काठमाडौं, जनता समाजवादी पार्टीका नेता डा,बाबुराम भट्टराई नेपालको संविधानले व्यवस्था गरेको प्रणाली प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेष्टमिन्सटर प्रणाली नभएको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले विद्यमान राजनीतिक प्रणाली वेष्टमिन्सटर प्रणाली नभई बहुमत प्राप्त सरकार बन्ने सम्भावना भएसम्म संसद विघटन हुनन सक्ने नयाँ प्रणाली भएको दाबी गरेका हुन् ।
हिजो सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्ः ‘हाम्रो संविधानले व्यवस्था गरेको प्रणाली प्रमको संसद विघटन गर्नसक्ने विशेषाधिकार भएको वेस्टमिन्सटर प्रणाली नभै बहुमत प्राप्त सरकार बन्ने संम्भावना भएसम्म संसद विघटन हुनन सक्ने नयॉ प्रणाली छ ।
नेता भट्टराईले क्रान्तिपछि संविधानसभाबाट बन्ने संविधान निर्माणमा मुख्य भूमिका सभाध्यक्ष वा कानूनविदनको नभई क्रान्तिकारी नेताहरु र व्यवहारिक रुपमा विषयगत समिति र संवैधानिक समितिका सभापतिको हुने जनाएका थिए ।
सरकारको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गतेका लागि आम निर्वाचनको घोषणा गरेपछि सो कदमबारे चौतफी आलोचना भैरहेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।