बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राप्रपाले स्थानीय तहको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

राप्रपाले स्थानीय तहको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

  • 3.1K
    SHARES

  • राप्रपाले स्थानीय तहको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं,  राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्गठन सुदृढीकरणका लागि सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    आजदेखि पार्टीको काठमाडौँमा शुरु भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा प्रस्तुत गरिएको कार्यपत्रमा पार्टीका महिला, धार्मिक, विद्यार्थी र उत्पीडित सङ्गठनका सदस्यहरु प्रशिक्षणमा सहभागी हुने उल्लेख छ । पार्टीको एकतापछि पहिलो पटक बसेको औपचारिक बैठकमा अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकको समसामयिक विषय अर्का अध्यक्ष डा,प्रकाशचन्द्र लोहनीले सामाजिक न्यायमा सबैको वर्गको पहुँच तथा राष्ट्रिय एकतालाई बलियो बनाउने योजना सहितको कार्यपत्र प्रस्तुत गरेका छन् ।

    अध्यक्ष कमल थापाले सङ्गठन सुदृढीकरण र भावी योजनामा कार्यपत्र प्रस्तुत गरेका थिए । छलफलका क्रममा तीन अध्यक्षले राखेका प्रतिवेदन माथि नेता तथा कार्यकर्ताले बोल्ने क्रम जारी छ । १८८ सदस्य सहभागी रहेको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

    बाह्य हस्तक्षेपले सरकार असफल भई राजनीतिक अस्थिरता उत्पन्न भएको विषयलाई पनि कार्य सूचीमा राखिएको छ ।त्यसैगरी उक्त कार्य सूचीमा महाधिवेशन तयारी सम्बन्धी, सक्रिय सदस्यता वितरण, निर्वाचन सम्बन्धी विनयमावली २०७७, निर्वाचन निर्देशिका तथा कार्यतालिका एंव कोरोना महामारीलाई न्यूनीकरण र मुलुकमा हिन्दू राष्ट्र कसरी कायम गर्ने लगायत विषय वस्तु समेटिएका हुन् ।

    सोमवार, पौष ६ २०७७०९:०१:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार