बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तीनै दलको बैठक सकिए पछि ओलीको कदममा प्रतिवादको रणनीति बनाउने निर्णय

तीनै दलको बैठक सकिए पछि ओलीको कदममा प्रतिवादको रणनीति बनाउने निर्णय

  • 3.1K
    SHARES

  • तीनै दलको बैठक सकिए पछि ओलीको कदममा प्रतिवादको रणनीति बनाउने निर्णय

    काठमाडौं, काँग्रेस पार्टी कार्यालयमा बसेको 'सर्वदलीय' बैठकले केपी ओेली र नेकपासँगै काँग्रेस र राजपाको केन्द्रीय कमिटी बैठक पछि थप छलफल गरेर ओलीको कदमको प्रतिवाद गर्न संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

     आजको बैठकले संविधानको मर्म र भावना विपरित संसद विघटन गरिएको ठहर गर्दै तीन दलको केन्द्रीय समिति बैठकले प्रतिवादका कार्यक्रम तय गर्ने निश्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

    काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार भोलि बस्ने नेकपा र काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय गरेको छ ।

    बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी रहेका थिए ।

    सोमवार, पौष ६ २०७७०६:४९:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार