बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपाको दुवै समूहले बोलाए केन्द्रीय कमिटीको बैठक

नेकपाको दुवै समूहले बोलाए केन्द्रीय कमिटीको बैठक

  • 2.5K
    SHARES

  • नेकपाको दुवै समूहले बोलाए केन्द्रीय कमिटीको बैठक

    काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

    मंगलबारका लागि दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।  दुई कार्यालय सचिवले फरक-फरक समय र स्थानमा बैठक हुने सूचना जारी गरेका छ ।

    प्रधानमन्त्री ओली पक्षले बिहान ९ बजे  बैठक बोलाएको छ प्रधानमन्त्री ओली निकट कार्यालय सचिव ईश्वरी रिजालले नेताहरूलाई बालुवाटार केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सूचित गरेका छन् । 

    अर्को तर्फ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक बोलाएको छ । प्रचण्ड निकट कार्यालय सचिव श्रीराम ढकालले दिउँसो १ बजे कार्की बेङ्क्वेटमा बैठक हुने सूचना जारी गरेका छन् ।

     

    सोमवार, पौष ६ २०७७०४:१६:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार