बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तत्कालीन संसद्का ३ दलको बैठक आज दिउँसो ४ बजे सानेपामा

तत्कालीन संसद्का ३ दलको बैठक आज दिउँसो ४ बजे सानेपामा

  • 1.8K
    SHARES

  • तत्कालीन संसद्का ३ दलको बैठक आज दिउँसो ४ बजे सानेपामा

    काठमाडौं,  नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन दलको संयुक्त बैठक सोमबार ४ बजे बोलाएको छ ।

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपराह्न ४ बजे पार्टी कार्यालयमा तीन दलको संयुक्त बैठक बोलाएको जानकारी दिएका छन् । 

    उनका अनुसार बैठकमा कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी सहभागी हुनेछन् ।

    राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले बोलाएको तीन दलको बैठक अपरान्ह ४ बजे बस्ने भएको छ । सानेपामामा हुने बैठकमा प्रचण्ड-नेपाल समूह र जसपा सहभागी हुने तय भएको छ,' प्रवक्ता शर्माले भने, 'बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे साझा धारणा तय गर्नेछ ।' आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि नेकपा दुई धारमा विभाजन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि पार्टीका नेताहरूको बैठक सोमबार बोलाएको हो। 

    सोमवार, पौष ६ २०७७१०:०५:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार