बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मेलिना र पुष्पराजको सयौं जन्म भएपनि सार्वजनिक

मेलिना र पुष्पराजको सयौं जन्म भएपनि सार्वजनिक

  • 2.9K
    SHARES

  • मेलिना र पुष्पराजको सयौं जन्म भएपनि सार्वजनिक

    काठमाडौं ,गायिका मेलिना राई र गायक पुष्पराज बरालको स्वर रहेको गीत ‘सयौं जन्म भएपनि’ को भिडियो सार्वजनिक भएको छ ।

    आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकर्मी र पत्रकारको उपस्थितिमा गीत सार्वजनिक गरिएको हो । लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत पुष्पराज बरालकै रहेको छ । गीतको भिडियो क्यानडामा छायाँकन भएको छ । जसमा भिपिन र पन्च शेर्मा लिम्बुको अभिनय देख्न सकिन्छ ।  ईश्वर थापाको छायाँकन, सम्पादन तथा निर्देशन रहेको भिडियोमा प्रेमकथा बनेको छ । गीतलाई सेवारो युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । कार्यक्रममा फिल्म ‘एउटा फूल’ निर्माण घोषणा समेत गरिएको छ । अशोक क्षेत्रीको निर्देशन रहने फिल्म समसामयिक विषयमा निर्माण हुन लागेको हो । फिल्ममा अहिले चलेका कलाकार तथा गायक गायिकाको अभिनय रहने सोही अवसरमा जानकारी दिइएको थिए । 

    आइतवार, पौष ५ २०७७०८:१५:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार