बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ओली-प्रचण्डबीच खुमलटारमा भेटवार्ता, के भयो छलफल ? 

ओली-प्रचण्डबीच खुमलटारमा भेटवार्ता, के भयो छलफल ? 

  • 3.4K
    SHARES

  • ओली-प्रचण्डबीच खुमलटारमा भेटवार्ता, के भयो छलफल ? 

    काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेला नेकपाका अध्यक्ष केपी शर्मा ओलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्प कमल दाहालसंग भेटवार्ता गरेका छन् ।

    खुमलटारमा ओली र प्रचण्डबीच करिव डेढ घण्टा छलफल भएको थियो । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा प्रधानमन्त्रीले आलटाल गंिररहँदा दुई अध्यक्षबीच शनिबार भेटवार्ता भएको हो । पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला एकपछि अर्को गरी नेताहरु दाहाललाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा दुई अध्यक्षबीच पार्टी एकतालाई कसरी बलियो बनाएर लैजाने भन्ने बिषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिए ।

    उनले भेटवार्ताको स्थानमात्र परिवर्तन भएको कुनै नयाँ बिषयमा छलफल नभएको जानकारी दिए । 

    भेटमा उपाध्यक्ष गौतम पनि सहभागी हुनुभएको थियो । गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रचण्ड–नेपाल समूहले विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो । तर, सहमतिको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए ।  प्रचण्डको दबाब पछि ओली परिषद्को बैठक रोक्न बाध्य भएका थिए । 

    शनिवार, पौष ४ २०७७०३:२०:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार