बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ता हुने बारे छलफलै भएन

मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ता हुने बारे छलफलै भएन

  • 2.4K
    SHARES

  • मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ता हुने बारे छलफलै भएन

     काठमाडाै, बिहीबारको मन्त्रिपरिषद बैठक संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने विषयमा कुनै छलफल नभइ सकिएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यादेशबारे कुनै प्रस्ताव नआएको एक मन्त्रीले जानकारी दिए ।

    नेकपा स्थायी कमिटी बैठकबाटै अध्यादेश फिर्ता लिने निर्णय भएपछि मन्त्रिपरिषद बैठकबाट अध्यादेश फिर्ता लिने निर्णय हुने अपेक्षा गरिएको थिए । तर अध्यादेश जारी गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकमा छलफल नभएकाले फिर्ताको विषयमा पनि छलफल नभएको ती मन्त्रीले बताए ।

     प्रधानमन्त्री केपी ओलीले यस अघि मुख्य सचिवलाई निर्णय लेख्न लगाएर राष्ट्रपति समक्ष पठाएकाले फिर्ता सम्बन्धी निर्णय पनि सोही प्रक्रियाबाट हुने एक मन्त्रीले जानकारी दिए ।

    शुक्रवार, पौष ३ २०७७०७:५६:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार