काठमाडौं । लामो रस्साकस्सीकाबीच प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भयो । मंगलबार प्रधानमन्त्री ओलीले एकलौटी शैलीमा राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेश अन्ततः स्थायी कमिटी बैठकले फिर्ता गर्ने निर्णय गरेको छ ।
यसैबीच बुधबार दोस्रोपटक भएको छलफलको क्रममा दुई अधयक्षबीच सहमती भएको थियो । नेकपाका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, शंखर पोखरेल, सुवास नेम्वाङ लगायतका नेताहरुसमेतको छलफलमा सहमति जुटेको हो । प्रचण्ड सचिवालयका अनुसार उनीहरुबीच आज दुई बुँदे सहमति भएको थियो ।
प्रचण्डकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहाललका अनुसार सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता गर्ने र संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्ने सहमति भएको छ । यी दुई भन्दा बाहेक अन्य कुनै सहमति नभएको उनले बताएकी छिन् । तर, बालुवाटार निकट स्रोतलाई हवला दिँदै विभिन्न संचार माध्यमहरुमा दुवै अध्यक्षको प्रतिवेदन खारेज गरेर २६ भदौको सहमतिमा फर्कने बताइरहेका छन् ।
प्रचण्ड सचिवालयका अनुसार भने ओलीसँग बुधबार यी दुई सहमति मात्र भएका छन् । सहमति पछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा पनि प्रचण्डले बैठकमै प्रतिवेदनको छलफल हुनपर्ने र बैठकबाटै सहमति खोज्नपर्ने अडान राखेको एक स्थायी कमिटी सदस्य बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।