काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए । उनका अनुसार अर्को स्थायी कमिटीको बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको प्रवक्ता श्रेष्ठले बताए ।
पूर्व निर्धारित पुस ५ गतेको केन्द्रीय समिति बैठक भने पुस १० गतेसम्मका लागि सरेको पनि उनले जानकारी दिए । ्मंगलबार बिहानको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिक वृत्तमा खैलाबैला भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन)अध्यादेश, २०७७ मंगलबार जारी गरेकी थिइन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।