एजेन्सी– के कोही मरेको आठ घन्टापछि फेरि उठ्न सक्छ ? सबैले यसको जवाफमा भन्छन्– सक्दैनन् । तर, यस्तो वास्तवमा नै भएको छ । यो घटना हो, डेनमार्कको । डेनमार्कको एउटा स्कुलको बच्चालाई चिकित्सकले क्लिनिकल्ली डेड अर्थात् मृत घोषणा गरेका थिए । तर, आठ घन्टापछि यी बच्चा फेरि ब्यूतिएँ ।
त्यो स्कुलका शिक्षकले १३ स्कुल बच्चालाई लिएर एउटा भ्रमणमा निस्किएका थिए । उनीहरुले समुद्रमा यात्रा गरेका थिए । तर, उनीहरु चढेको पानीजहाज सयौँ किलोमिटर टाढा पुगेर पानी जमेको ठाउँमा अड्कियो ।
त्यहाँबाट केही बच्चाहरु पौडिएर फेरि जमिनमा फर्किए । तर, सात बच्चा त्यहाँ नै फँसेका थिए । उनीहरुलाई हाइपोथर्मिया अर्थात् शरीरमा तापक्रम अत्यन्त कम भएको अवस्थामा भेटियो ।
त्यति बेला नै उनीहरुको मृत्यु भएको मानियो । तर, आठघन्टा पनि उनीहरु फेरि चलमलाए । यसलाई आश्चर्यका रुपमा हेरिएको छ । डेनमार्कमा त बच्चाहरु बाँचेकोमा खुसी मनाइएको पनि छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।