काठमाडौं । संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् ।
संवैधानिक परिषद्को बैठक भर्खर सकिएको हो ।
बैठकको बारेमा कुनै औपचारिक जानकारी भने गराइएको छैन । मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशका कारण नेकपाभित्रको आन्तरिक अन्तसंघर्ष झनै चर्किएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले अध्यादेश तुरुन्त फिर्ता गर्नका लागि माग गरेका छन् । मंगलबार बिहान बसेको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि ओलीले अध्यादेश संशोधन गर्ने रणनीति बनाएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।