बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अध्यादेशबारे देउवाको प्रतिक्रिया; ओलीको अलोकतान्त्रिक कदम, बैठक नजाने घोषणा

अध्यादेशबारे देउवाको प्रतिक्रिया; ओलीको अलोकतान्त्रिक कदम, बैठक नजाने घोषणा

मेगा खबर संवाददाता

३०, मंसिर २०७७
  • 2.9K
    SHARES

  • अध्यादेशबारे देउवाको प्रतिक्रिया; ओलीको अलोकतान्त्रिक कदम, बैठक नजाने घोषणा

    काठमाडाै,काँग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद् बैठकमा सहभागी नहुने घोषणा गरेका छन् ।

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमलाई अलोकतान्त्रिकको संज्ञा समेत दिएका छन् । 
     अलोकतान्त्रिक कार्य आफूलाई अस्वीकार्य हुने भन्दै बैठकमा सहभागी नहुने बताए ।

    अलोकतान्त्रिक कार्य भएको छ र म बैठकमा जाँदिनँ । यो कदमको विरोध गर्दछु र विस्तृत रुपमा पार्टीले आधिकारिक धारणा सार्वजनिक हुन्छ । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको छ । 


     गत वैशाखमा पनि सरकारले यस्तै अध्यादेश ल्याएको थियो । अध्यादेशको त्यतिबेला काँग्रसले कडा विरोध गरेको थियो भने सत्तारुढ दल भित्रैबाट समेत फिर्ता लिन दवाव बढेपछि फिर्ता भएको थियो । 

    मंगलवार, मंसिर ३० २०७७०४:४३:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार