बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ ; पुष्पकमल दाहाल

अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ ; पुष्पकमल दाहाल

मेगा खबर संवाददाता

३०, मंसिर २०७७
  • 2.9K
    SHARES

  • अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ ;  पुष्पकमल दाहाल

    काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरे ।

     आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् ।

    सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताए ।

    प्रधानमन्त्रीबाट असंवैधानिक हर्कत भयो, पार्टीमा समेत छलफल भएन, यो लोकतन्त्रको उपहास हो, यो अध्यादेश तुरुन्तै खारेज गर्नुपर्छ,’ प्रचण्डको भनाइ रहेको छ ।

    उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने,’ पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा जुन ढंगले अध्यादेश आएको छ । यो बदनियतपूर्ण रहेको छ । यसलाई तुरुन्तै खारेज गर्नुपर्छ  बताए ।

    मंगलवार, मंसिर ३० २०७७०४:१४:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार