काठमाडौँ ,मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ ।
बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना मात्र उपस्थित भएपछि गणपूरक नपुगेर बैठक स्थगित भएको एक नेताले जानकारी दिए ।
संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार परिषद्को बैठकमा प्रधानमन्त्री अध्यक्ष, प्रमुख प्रतिपक्ष दलका नेता, सभामुख, प्रधानन्यायधीश, उपसभामुख र राष्ट्रिय सभा अध्यक्ष सदस्य हुन्छन् । ६ जनामध्ये करिब ५ जना उपस्थित हुनुपर्ने प्रावधान छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित भएका थिएनन् । त्यस्तै उपसभामुख पद रिक्त रिक्त छ । गणपूरक नपुगेर स्थगित भएको संवैधानिक परिषद्को बैठक पुनः साँझ ५ बजेको लागि बोलाइएको बालुवाटार स्रोतले जनाएको छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।