बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले अनुमति नदिए पनि पुस १० देखि सिनेमा हल खोल्ने; व्यवसायी

सरकारले अनुमति नदिए पनि पुस १० देखि सिनेमा हल खोल्ने; व्यवसायी

मेगा खबर संवाददाता

२९, मंसिर २०७७
  • 2.6K
    SHARES

  • सरकारले अनुमति नदिए पनि पुस १० देखि सिनेमा हल खोल्ने; व्यवसायी

    काठमाडौं, सरकारले अनुमति नदिए पनि हल सञ्चालकहरुले पुस १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेको छ ।

    बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा गर्नुपर्ने अवस्था आएको चलचित्र संघले जनाएको छ । लकडाउन पुर्णरुपमा हटाई मुलुक भर सबै क्षेत्र सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा स्वीकृति प्राप्त नभएको हँुदा यस्तो निर्णय गरिएको संघले जनाएको छ ।

    संघले नेपाल सरकारको सुरक्षा विधि तथा डब्लु एच ओ को सुरक्षा मापदण्ड अपनाई चलचित्र घरहरु सञ्चालन गर्ने मिति स्वयं घोषणा गरी सरकारले पूरा गर्नुपर्ने केही माग का लागि चरणबद्ध आन्दोलनको थालनी गर्ने कार्यक्रम रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नाै महिना हल बन्द हुँदा हल व्यवसायीलाई २ अर्ब भन्दा बढी घाटा लागेको संघले जनाएको छ । चलचित्र संघले यसलाई आन्दोलनको शुरुवाती चरणको रुपमा वुझिदिन पनि आग्रह गरेको छन् ।

     

    सोमवार, मंसिर २९ २०७७०५:५०:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार