बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रिय लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी देश

राष्ट्रिय लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी देश

  • 2.2K
    SHARES

  • राष्ट्रिय लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी देश

    एजेन्सी । कोरोना भाइरसको महामारीबीच राष्ट्रिय लिग सुरु गर्ने कोस्टारिका पहिलो ल्याटिन अमेरिकी मुलुक बनेको छ।  खाली रंगशालामा अतिरिक्त खेलाडीसहित लिगा एफपिडी पुनः सुचारु भएको हो।

    कोस्टारिकामा मार्च ६ मा पहिलो पटक संक्रमण देखिएको थियो। त्यसको ९ दिनपछि सन २०२० को लिग १५ औं चरणको खेलपछि स्थगित भएको थियो।  पुन सुचारु भएको लिगको पहिलो खेलमा गुवाडालुपेले लिमोनलाई १–० ले हरायो। गुवाडालुपेको जितमा ९ औं मिनेटमा अर्टुरो क्याम्पोसले गोल गरेका थिए। ‘फेरि खेल्न गाह्रो छ। हामी असहज महसुुस गरिरहेका छौं। तर खेलमा फर्कंदा खुसी छौं,’ गोल स्कोरर क्याम्पसोसले भने। लिगको १६ औं चरणको पहिलो दिन ३ खेल सम्पन्न भएका थिए। जसमा कार्टाहिनेसलाई अलाजुलेन्सलाई २–० ले हरायो। त्यसैगरी म्युनिसिपल ग्रेसियाले पेरेज जेलेडनलाई १–० ले हरायो। दोेश्रो दिनको खेलमा सान्तोष डे गुप्लेसले ला यु युनिर्भसिटेरियोलाई ३–१ ले हरायो। 

    त्यस्तै जिक्रालले सान कार्लोसलाई र लिग लिडर डेपोटिभो साप्रिसाले हेरेडियानोलाई समान १–० ले हरायो। नेपाली समयअनुसार मे २४ तारिखबाट लिगको १७ औं चरणको खेलहरु सुरु हुनेछन्। लिगा एफपिडीमा १२ टोलीबीच कडा स्वास्थ्य प्रोटोकलका बीच मे १५ बाट प्रशिक्षण सुरु भएको थियो। कोरोनापछि सुचारु भएको लिगमा केही नियम परिमार्जन भएका छन्। जुन जर्मन बुन्डेसलिगासँग मिल्दोजुल्दो छ। नयाँ निमय अनुसार गोलको खुसियालीमा एक अर्काबीच अंकमाल गर्न प्रतिबन्ध लगाइएको छ। 

    प्रशिक्षक, अतिरिक्त खेलाडी र कोचिङ स्टाफले बेन्चमा सामाजिक दूरी कामय गरेर मास्क लगाएर बस्नुपर्नेछ। यद्यपि कहिलेकाहीँ प्रशिक्षकले खेलाडीलाई निर्देशन दिन मास्क हटाउँथे।  फिफाको आधिकारिक निर्णयपछि प्रत्येक टोलीले ५ खेलाडी परिवर्तन गर्न पाउने भएका छन्। र रंगशाला प्रवेश गर्ने सबैले नेसनल युनियन अफ क्लब अफ फस्र्ट डिभिजन (अनफुट) र कोस्टारिकन फुटबल महासंघ (फेडफुटबोल) को प्रोटोकलको रुपमा शारीरिक तापक्रम जाँच गरिएको थियो। 

    फिफाको नयाँ प्रोटोकल अनुसार खेलाडीहरुलाई मैदानमा अंकमाल गर्न र थुक्न मनाही गरिएको छ। म्याच बल खेल सुरु हुनुभन्दा अघि र मध्यान्तरमा सेनिटाइज गरिएको हुनुपर्ने छ।  कोरोना भाइरसको महामारीपछि विश्वभरका खेलकुदका गतिविधि झन्डै २ महिना ठप्प भएपछि पुनः सुचारु हुने तरखरमा छन्। भरखरै जर्मन बुन्डेसलिगा पुन ः सुचारु हुने पहिलो उच्च प्रोफाइलको प्रतियोगिता बनेको छ। २९ फेब्रुअरीबाट सुरु हुनुपर्ने ३८ औ संस्करणको दक्षिण कोरियाको के लिग ८ मार्चबाट सुरु भएको छ। 

    शुक्रवार, जेठ ९ २०७७०६:३५:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार