काठमाडाै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन हुनेछ ।
सरकार भ्रष्टाचार र अनियमिततामा डुबेको तथा निरंकुश बन्दै गएको भन्दै कांग्रेसले ७७ जिल्लामै सडकमा शक्ति प्रदर्शन गर्न लागेको छ । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन तथा अनिवार्य मास्क लगाउन र भौतिक दूरी कायम गर्न नेता कार्यकर्तालाई अपिल गरेका हुन् ।
प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन,संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो तर सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा केन्द्रित गर्दै लग्यो, कांग्रेसको अपिलमा गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।