बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विदेशबाट फर्किनेलाई राख्न होटल र रिसोर्ट खोज्दै सरकार

विदेशबाट फर्किनेलाई राख्न होटल र रिसोर्ट खोज्दै सरकार

  • 3.4K
    SHARES

  • विदेशबाट फर्किनेलाई राख्न होटल र रिसोर्ट खोज्दै सरकार

    काठमाडौं । विदेशबाट फर्किएका नागरिकहरुलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्टहरु प्रयोगमा ल्याउने तयारी गरिएको छ। 

    बिहीबार सहरी विकस मन्त्रालयमा भएको छलफलमा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थित रुपमा चलेका होटल तथा रिसोर्टहरुलाई क्वारेन्टिन स्थल बनाउनेबारे आवश्यक परामर्श थालिएको बताए। देशभरका क्वारेन्टिनको अनुगमन र सहजिकरणको जिम्मेवारीमा रहेत रहेका मन्त्री मानन्धरले मुलुक र जनता संकटमा परेको बेला सरोकारवाला सबैले सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताए।  मन्त्री मानन्धरले देश नै संकटमा परेका बेला  ठुला होटलहरुलाई क्वारेन्टिन स्थलका रुपमा व्यवस्थापन गर्न सरकारले पहल थालिरहेको बताउँदै व्यावसायीबाट आवश्यक सहयोगको अपेक्षा समेत गरे। मन्त्री मानन्धरले हाल खाली रहेका होटलहरुलाई निश्चित रकम तिरेर सरकारले जनताको जीवन रक्षाका लागि प्रयोग गर्न सक्ने बताएका हुन्। 

    विदेशमा विपद्मा परेका नागरिकहरुलाई सरकारले उद्दार गरि ल्याएको अवस्थामा उपत्यकामा आवश्यक क्वारेन्टिनका लागि पुर्व तयारी गरिएको बताउँदै मन्त्री मानन्धरले हाल उपत्यकामा ५ सय १८ वटा बेड  तयारी अवस्थामा रहेको बताए। विदेशबाट फर्किने मजदुर बर्गका सर्वसाधारण र अन्य प्रयोजनमा विदेश गएर फर्कन लागेकाहरुबीच वर्गिकरण गरिने बताउँदै श्रमका लागि खाडीलगायतका मुलुकमा पुगेर विपदमा फसेका कामदारलाई सरकारले प्राथमिकता दिने मन्त्री मानन्धरले बताए । 

    शुक्रवार, जेठ ९ २०७७०६:२७:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार