रोशन दासको निर्देशनमा तयार भएको नयाँ हरर लघु चलचित्र ‘ओयजा’ को १ मिनेट ३ सेकेण्डको टिजर सार्वजनिक भएको छ । जेठ १२ गते रिलिज हुने हरर कथामा आधारित उक्त चलचित्रको टिजर रेज इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
ओयजा अर्थात् आत्मा बोलाउने खेल । ओयजाको टिजरमा एक पात्रले भुत नहुने बताएसंगै कथामा हरर पाटो लिएको देख्न सकिन्छ । दासको स्क्रिप्ट तथा सम्पादनमा निर्मित यस चलचित्रमा रोशन श्रेष्ठ, अनिश पन्च र दासकै छायांकन रहेको छ ।
दास, श्रेष्ठ र सुनिल गजमेरले निर्माण गरेका यस चलचित्रमा बाल कलाकार गुनगुन दास एवम कलाकार रोशन दास, अनिश पाँच, सुनिल गजमेर, बिशाल केसी र कमला तामाङको दमदार अभिनय देख्न सकिन्छ ।
यसैगरी चलचित्रमा श्रुगार सन्दिप कपालीको र सबटाईटल राहुल शर्माको रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।