बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अख्तियारको कार्य क्षेत्रभित्र निजी क्षेत्र राख्ने विषयमा विरोध

अख्तियारको कार्य क्षेत्रभित्र निजी क्षेत्र राख्ने विषयमा विरोध

  • 3.2K
    SHARES

  • अख्तियारको कार्य क्षेत्रभित्र निजी क्षेत्र  राख्ने विषयमा  विरोध

    काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमा निजी क्षेत्र पनि अख्तियारको कार्य क्षेत्रभित्र पर्ने विषयलाई विज्ञ तथा सांसदहरुले विरोध गरेका छन् । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा उपस्थित विज्ञ तथा सांसदहरुले निजी क्षेत्रलाई निरुत्साहित गर्ने गरी कानून ल्याउन नहुने बताएका हुन् ।

    कानून आयोगका अध्यक्ष माधव पौडेलले निजी कम्पनीहरुलाई  अख्तियारको क्षेत्राधिकार भित्र पर्नेगरी कानून निर्माण गर्न नहुने बताए । सबै निजी कम्पनीहरुलाई भ्रष्टाचारको दायरा भित्र राखेर अख्तियारको कार्यक्षेत्र भित्र पर्ने गरी कानून निर्माण गर्न नहुने अध्यक्ष पौडेलले बताए ।

    उनले चरणवद्ध रुपमा विभिन्न क्षेत्रलाई भष्टाचारको दायरामा ल्याउन सकिने बताए । पहिलो चरणमा जनताको पैसा रहने क्षेत्र बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, दोस्रो चरणमा पब्लिक लिमिटेडलाई हेर्नेगरी कानून निर्माण गर्नु उपयुक्त हुने तर प्राइभेट लिमिटेड कम्पनीमा जान नहुनेमा उनले बताए ।

    निजी क्षेत्रले कम्पनी दर्तामा सहज बनाउने तथा अनुदानका विषयमा माग राख्दै आएको अवस्थामा यस्तो कानून आउनु उपयुक्त नहुने उनले बताए । तर सरकारले अनुदान दिएर सञ्चालमा आएका कम्पनीहरुलाई भने भट्राचार निवारण भित्र पार्नेगरी कानून निर्माण गर्नु उपयुक्त हुने उनले बताए ।

    सांसद राधेश्याम अधिकारीले नेपालमा सबैभन्दा पारदर्शी रुपमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र निजी कम्पनीहरुले काम गरिरहेको उल्लेख गर्दै अख्तियारको अधिकार क्षेत्रभित्र पर्नेगरी कानून निर्माण गर्न नहुने बताए । उनले अख्तियारलाई हस्तक्षेप गर्न दिई नियमनकारी निकायलाई कमजोर बनाउन नहुने बताए । उनले विभिन्न क्षेत्रलाई नियमन तथा अनूगमन गर्न नियामक निकायहरु बनाइएकाले अख्तियारको हस्तक्षेप हुन नहुने बताए ।

    सांसद ठगेन्द्र प्रसाद पुरीले निजी क्षेत्रले स्वतन्त्र भएर काम गर्न तथा आफुलाई विकास गर्ने कुरा खोसेर अख्तियारलाई नियमन गर्ने जिम्मा दिन नहुने बताए । उनले अख्तियारले पनि आफ्नो काम के हो भन्ने कुरा भुलेर लाभ कहाँ छ भन्दै खोज्दे हिँड्न नहुने बताए ।

    सांसद बिमला राई पौडेलले सरकारका अंगहरु सबैलाई अख्तियारको कार्यक्षेत्र भित्र पार्न सकिने तर नियामक निकायबाट नियमन गरिने तथा निजी क्षेत्रलाई अख्तियारको जिम्मा लगाउन नहुने बताए । उनले अख्तियारको दायरा फराकीलो पार्दै जाने भन्दा पनि अनुसन्धानलाई मजबुत बनाउने तर्फ कानूनले ध्यान दिनुपर्ने बताए ।

    कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव धनराज ज्ञवालीले क्षेत्रगत नियमनलाई बलियो बनाउँदा त्यस क्षेत्रको सुशासन बलियो हुनेमा दुइमत नरहेको बताए ।

    उनले नियमन निकायबाट सञ्चालित क्षेत्रलाई भष्टाचार निवारणको दायराभित्र ल्याउँदा नियामक निकायको अधिकार नखोसिने बताए । उनले निजी क्षेत्र, सरकार क्षेत्र तथा राजनीतिक क्षेत्रमा कतैपनि भ्रष्टाचार नहोस भन्ने उद्देश्य सहित नै विधेयक लयाइएको बताए ।

    बिहिवार, जेठ ८ २०७७०५:०६:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार