सामाजिक सञ्जाल देखिएको टिकटकमा कोभिड–१९ को प्रतिबन्धका नियम तोडेको गर्व गर्दै भिडियो पोष्ट गर्ने अमेरिकाको ओरेगनकी नर्सले जागिर समेत गुमाएकी छिन् ।
सालेम हेल्थ नामक अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनलाई कामबाट निकालेको जानकारी दिएको छ । भिडियोमा एस्ली ग्रेम्सले स्क्रब्स र स्तेथोस्कोप लगाएर देखिएकी छिन् । भिडियोको क्याप्सनमा लेखेकी छन्, भने ‘जब मेरा सहकर्मीले थाहा पाउँछन् कि म अझै यात्रा गर्छु, बाहिर निस्कदा मास्क लगाउँदिन र मेरा छोराछोरीलाई प्लेडेटमा जान दिन्छु बताइन् ।’
नोभेम्बर २७ मा पोष्ट गरेको भिडियो भाइरल बनेपछि ग्रेम्सलाई प्रशासनिक बिदामा उनलाई पठाइएको थियो । भिडियोलाई उनको अकाउन्टबाट हटाइए पनि सामाजिक सञ्जालमा अझै पनि भिडियो सेयर भइरहेको पाइन्छ ।
भिडियो भाइरल बनेपछि तत्कालै अस्पतालले भिडियो महामारीको गम्भीरतालाई अवमूल्यन गरेको बताएको थियो ।
ग्रेम्सले अहिले भने आफै जागिर छाडेको वा उनलाई निष्काशन गरिएको भन्ने चाहिँ अस्पतालले खुलाएको छैन,‘हामी व्यक्तिगत निर्णयलाई सार्वजनिक रुपमा छलफल गर्नेछनाै,अस्पतालका प्रवक्ताले बताए।
ग्रेम्सले फेसबुक पोष्टमा आफूलाई अस्पतालले ननिकालेको दाबी गर्दै अब आफ्नो जीवनको अघिल्लो अध्यायमा केन्द्रीत हुने बताउछिन् ।
पछिल्लो समय ओरेगनमा रेकर्ड संख्यामा कोभिड–१९ का बिरामीहरुको संख्यामा वृद्धि भइरहेको थियो । सालेम हेल्थ रहेको मारियन काउन्टीमा उक्त राज्यको सबैभन्दा धेरै संक्रमित पाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।